बङ्गलादेशमा २४ घण्टाभित्र सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय, २४ सङ्क्रमितको मृत्यु
एजेन्सी । बङ्गलादेशमा गत २४ घण्टामा कोभिड सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या दुई हजार ४८७ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यससँगै आइतबारसम्म दुई लाख ५७ हजार ६०० व्यक्ति सङ्क्रमित भएका छन् ।
मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा भने, “विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ४८७ रहेको छ भने उक्त अवधिमा ३४ जना सङ्क्रमितको मृत्यु भएको छ । बङ्गलादेशमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ५७ हजार ६०० रहेको र तीन हजार ३९९ सङ्क्रमितको मृत्यु भएको छ ।”
बङ्गलादेशमा गत २४ घण्टामा १० हजार ७५९ सङ्कलित नमूनाको कोभिड–१९ सङ्क्रमण परीक्षण गरिएको बताइएको छ । सुल्तानाका अनुसार गत २४ घण्टामा थप एक हजार ७६६ जनाको निको भई घर फर्किएका छन् भने अहिलेसम्म निको भई घर फर्किनेको सङ्ख्या एक लाख ४८ हजार ३७० पुगेको छ । उनका अनुसार बङ्गलादेशमा १.३२ प्रतिशत कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म निको हुनेको सङ्ख्या ५७.६० प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण