सुजुकीको ‘स्मार्ट सेभेन डे अफर’
सोमबार, २६ साउन २०७७, १३ : २१
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले २६ साउनदेखि सुरु हुनेगरी ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक गरेको छ ।
यो योजना सुजुकीका सबै स्मार्ट हाइब्रिड रेन्ज गाडीमा लागू हुनेछ । बलेनो, एसक्रस, सियाज, इर्टिगा र एक्सएल६ सुजुकीका स्मार्ट हाइब्रिड गाडी हुन् । यो योजनाअन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बजारको ‘बेनेफिट’ र दुई लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस पाउनेछन् ।
कम्पनीले मात्र २५ प्रतिशतको डाउन पेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था पनि गरेको छ । सीजी मोटोकर्पले एनआइसी एसिया बैंक लिमिटेडसँगको साझेदारीमा न्यूनतम ८.२५ प्रतिशत ब्याज दरमा फाइनान्सिङको समेत घोषणा गरेको छ ।
यो योजना ३२ साउनसम्म (७ दिन)का लागि नेपालभरका सबै ३५ वटै सुजुकी आउटलेटमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण