कोरोनाको त्रास : विद्युत प्रधिकरणमा पनि आलोपालो सिस्टम
काठमाडौं । पछिल्लो समय कोरोना महामारी बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालयका कर्मचारीमा आलोपालो प्रणाली लागू हुने भएको छ ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रत्येक १५ दिनमा आलोपालो तरिकाबाट काममा लगाउने व्यवस्था मिलाउने जनाएको छ ।
यस्तै अन्य कार्यालयको हकमा भने सम्बन्धित विभागीय वा कार्यालय प्रमुखले कर्मचारी जगेडामा राखी काम लगाउनुपर्ने प्राधिकरण पदाधिकारीको बैठकले निर्णय गरेको छ ।
यसरी कर्मचारीलाई आलोपालो गराउँदा कार्यालयमा उपस्थित हुनुनपर्ने कर्मचारीले सो दिनको टिएडिए नपाउने गरी काज जनाएर हाजिरी गरिने भनिएको छ ।
यस्तै कार्यालय प्रमुख, प्रशासन प्रमुख तथा लेखा प्रमुखले आफ्नो कार्यक्षेत्र नछोड्ने , हालको कार्यक्षेत्र भन्दा बाहिर रहेको भएपनि आफ्नो कार्य क्षेत्र फर्कनुपर्ने र यदि कार्यक्षेत्र छोड्नै परेमा विभागिय प्रमुख मार्फत उपकार्यकारी निर्देशकको स्विकृति लिएर छोड्नु पर्ने प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण