पुतलीसडकमा आगलागी
सोमबार, २६ साउन २०७७, १५ : ५८
काठमाडौं । काठमाडौँको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा आज अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा स्टाण्डर्ड एजुकेशन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको जानकारी दिए ।
विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । कन्सल्टेन्सी बन्द रहेका बेलामा एक्कासि धुवाँको मुस्लो बाहिर निस्केपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले काठमाडौँ महानगरपालिकाको दमकलको सहायतामा अहिले उक्त आगो नियन्त्रणमा लिइसकेको छ । आगलागीबाट के कति क्षति भयो भन्नेबारे तथ्याङ्क सङ्कलन भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण