वडाअध्यक्षको सम्पर्कमा रहेका १९ जना कोरोना संक्रमित
रौतहट । रौतहटमा एक वडा अध्यक्षको सम्पर्कमा रहेका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको राजदेवी नगरपालिकाका कोरोना संक्रमित वडाध्यक्षको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको हो। कटहरियामा समुदायका मानिसमा संक्रमण पुष्टि भएपछि १ सय ५७ जनाको स्वाब संकलन गरिएको थियो ।
गत ११ गते संक्रमण पुष्टि भएका वडाध्यक्षको सम्पर्कमा आएका १ सय ४४ जनाको स्वाब परीक्षण गरिएको थियो । सोमध्ये सोमबार १९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताए । संक्रमित हुनेमा राजदेवी नगरपालिका–४ बसतपुरका १४ जना र अन्य वडाका ५ जना छन् । यसअघि उनको सम्पर्कमा आएका १७ जनाको पीसीआर परीक्षण गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
काठमाडौं जानका लागि भन्दै साउन ११ गते पीसीआर परीक्षण गराउँदा वडाध्यक्षमा संक्रमण पुष्टि भएको थियो । कटहरियामा व्यापारी,पत्रकार ,जनप्रतिनिधि लगायत १ सय ५७ जनाको स्वाब संकलन गरि जाँचको लागि हेटौंडा पठाएकोमा आइतबार १ सय २७ जनाको रिपोर्ट आएको र ३० जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण