वडाअध्यक्षको सम्पर्कमा रहेका १९ जना कोरोना संक्रमित
रौतहट । रौतहटमा एक वडा अध्यक्षको सम्पर्कमा रहेका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको राजदेवी नगरपालिकाका कोरोना संक्रमित वडाध्यक्षको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको हो। कटहरियामा समुदायका मानिसमा संक्रमण पुष्टि भएपछि १ सय ५७ जनाको स्वाब संकलन गरिएको थियो ।
गत ११ गते संक्रमण पुष्टि भएका वडाध्यक्षको सम्पर्कमा आएका १ सय ४४ जनाको स्वाब परीक्षण गरिएको थियो । सोमध्ये सोमबार १९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताए । संक्रमित हुनेमा राजदेवी नगरपालिका–४ बसतपुरका १४ जना र अन्य वडाका ५ जना छन् । यसअघि उनको सम्पर्कमा आएका १७ जनाको पीसीआर परीक्षण गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
काठमाडौं जानका लागि भन्दै साउन ११ गते पीसीआर परीक्षण गराउँदा वडाध्यक्षमा संक्रमण पुष्टि भएको थियो । कटहरियामा व्यापारी,पत्रकार ,जनप्रतिनिधि लगायत १ सय ५७ जनाको स्वाब संकलन गरि जाँचको लागि हेटौंडा पठाएकोमा आइतबार १ सय २७ जनाको रिपोर्ट आएको र ३० जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा
-
राष्ट्रपतिका आर्थिक विज्ञको अभिव्यक्तिले शीतल निवासमा हलचल
-
१० बजे, १० समाचार
-
गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन
-
युक्रेनका थप दुई गाउँ कब्जा : रुस
-
विश्वभरका बजारबाट कोभिड खोप फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय