भदौ १५ पछि मात्र बाह्य तथा आन्तरिक हवाई उडान हुने
सोमबार, २६ साउन २०७७, २१ : २४
काठमाडौं । सरकारले बाह्य तथा आन्तरिक हवाई उडानमा भदौ १५ गतेसम्म रोक लगाएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले १ भदौबाट खुला गर्ने भनिएको हवाई उडान थप १५ दिन लम्ब्याउने निर्णय गरेको हो ।
कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले कोरोनाको जोखिम बढेपछि १ भदौबाट खुला गर्ने भनिएको हवाई उडान थप १५ दिन बन्द गर्न सिफारिस गरेका थियो ।
यसअघि साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गर्दै लामो दूरीका यातायात, बाह्य तथा आन्तरिक हवाई उडान र विद्यालय भर्ना भदौ १ गतेदेखि निर्णय गरेको थियो ।
सीसीएमसीले लामो दुरीमा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, विद्यालय भर्ना र परीक्षा जस्ता गतिविधि भदौ १५ सम्म स्थगित गर्न गरेका सिफारिसअनुसार मन्त्रिपरिषदले निर्णय लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण