ओली–प्रचण्ड संवादहीनताको एक साता : सुवास नेम्वाङ भन्छन्, ‘भन्न नहुने अवस्था छ’
काठमाडौँ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि रोकिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संवाद हुन छाडेको एक साता बितेको छ ।
साउन २० गते मङ्गलबारपछि ओली र प्रचण्डबीच संवाद नै हुन नसकेको हो ।
पार्टीमा विवाद भइरहेका बेला सरकारले लगानी बोर्डका कार्यकारी अधिकृतमा विवादित व्यक्ति सुशील भट्टलाई नियुक्ति गरेपछि उनीहरुबीचको विवाद थप चुलिएको थियो । लगानी बोर्डमा भट्टको नियुक्तिको विषयलाई लिएर साउन २० गते ओली प्रचण्डबीचको वार्तामा भनाभन नै भएको थियो । २० गतेको भनाभनपछि २१ गते दुई नेता वार्तामा बस्ने भनिए पनि २१ गतेको वार्ता स्थगित भएको प्रधानमन्त्री समेत रहेका ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सूचना जारी गरेका थिए ।
सोही दिन प्रचण्डसहितका वरिष्ठ नेतहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायकाजी श्रेष्ठले पत्रकारहरुसँग पार्टीभित्र विवाद बढ्नुको कारण खोलेपछि त उनीहरुबीच भेटवार्ता मात्रै होइन टेलिफोन संवाद नै हुन छाडेको हो ।
यसबीचमा दुई नेताबीच संवाद गराउन दोस्रो तहका नेताहरुले गरेको प्रयाससमेत सफल हुन सकेको छैन । साउन २२ गते बिहीबार नेकपा संसदीय दलका उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङ प्रचण्ड निवासमा पुगेर गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए भने त्यसको २ दिनपछि महासचिव विष्णु पौडेल र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल खुमलटार पुगेर संवादलाई निरन्तरता दिन आग्रह गरेका थिए । तीनै नेताको आग्रहलाई अध्यक्ष प्रचण्डले निष्कर्ष नआउने छलफल गर्नुको औचित्य नहुने भन्दै स्थगित स्थायी समिति बैठक सुचारु गर्ने प्रतिबद्धता भए मात्रै छलफलमा बस्न सकिने जबाफ दिएका थिए ।
‘अध्यक्षले प्रस्ट भनिसक्नु भएको छ । बैठक बस्ने कुरा सुनिश्चित हुनुपर्छ । उठेका विषयमा छलफल हुने वातावरण बन्नुपर्छ । त्यसपछि संवाद नहुने भन्ने कुरै हुँदैन’, प्रचण्ड निकट एक स्थायी समिति सदस्य भन्छन्, ‘अध्यक्ष प्रचण्डले संवाद गर्दिनँ भन्नुभएको छैन । उहाँले ओलीका दूतहरुलाई प्रस्ट ढङ्गले भनिसकेपछि अब संवाद हुन नसक्नुमा कसको कमजारी हो भन्ने कुरा आफैै बझ्ने हो ।’
ती स्थायी समिति सदस्यका अनुसार मध्यस्तकर्ता भनेर दौडिने ओलीपक्षका केही नेताहरु नै दुई अध्यक्षबीचको दूरी बढाउने काम गरेको हो कि भन्ने शङ्का उत्पन्न हुन थालेको छ ।
‘पार्टीभित्रको समस्या पनि भन्ने वारि र पारिको शक्तिले काम गरेको भनेर आधारहीन र कपोकल्पित कुरा गर्दै हिँड्नेले कसरी सहमति र संवादको वातावरण बनाउँछन् ? यिनले त झन् बिर्गाछन् । त्यो कुरा अध्यक्ष ओलीले बुझ्न जरुरी छ’, उनको भनाइ छ ।
दुई नेताबीच संवादको प्रयास गरिरहेका मध्येका नेता नेम्वाङका अनुसार पार्टी विवाद धेरै जटिल अवस्थामा पुगेको भए पनि प्रयास जारी रहेको छ । त्यो जटिलतका के हो भन्ने कुरा खुलाउन नमिल्ने उनको भनाइ छ । ‘केही कुरा भन्न पनि नमिल्ने छन् । मिल्दैन तर पनि प्रयास जारी छ । समाचार दिने बेला भइसकेको छैन’, नेम्वाङको भनाइ छ ।
नेम्वाङले गत बिहीबार अध्यक्ष प्रचण्डसँगको भेटमा भएको कुराकानीबारे प्रधानमन्त्रीलाई जानकारी गराएको भन्दै त्यसका लागि ओली सकारात्मक रहेको आफूले पाएको पनि बताए । उनले संवाद रोकिएको भन्न पनि नमिल्ने भन्दै समस्या साँच्चिकै जटिल बनेको कुरा सत्य भएको स्वीकार गरे । ‘संवाद रोकिएको मान्नु त हँुदैन तर समस्या साँच्चिकै जटिल छ र भन्नै नमिल्ने छ’, उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा
-
सुकेधाराको डान्स बारमा लुटपाट, ५ जना पक्राउ
-
उपेन्द्र यादवलाई अर्को झट्का, दीपेन्द्र झाले दिए राजीनामा
-
‘लन्डन टु पेरिस’को गीत : साम्राज्ञी, निश्चल र गरिमाको त्रिकोणात्मक प्रेम
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त