भारतीय सिरियल ‘तेनाली रामा’मा नेपाली निरिशा
काठमाडौं । फिल्म ‘जानी नजानी’ बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी अभिनेत्री निरिशा बस्नेत फेरि भारतीय सिरियलमा पनि देखिने भएकी छन् । उनी हिस्टोरिकल फिक्सन भारतीय सिरियल ‘तेनाली रामा’मा देखिन लागेकी हुन् । सिरियलमा उनको केमियो भूमिका रहेको छ । जसको छायाँकन उनले सकाइसकेकी छन् ।
सिरियलमा आफ्नो भूमिका केमियो भएपनि बलियो रहेको उनले बताउँदै आएकी छन् । ‘सब टिभी’ प्रसारण हुने बताइएको सिरियल अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो । केही पहिले भारतीय चर्चित सिरियल ‘चन्द्र नन्दिनी’ मा अभिनय गरेकी बस्नेतले नेपाली फिल्म ‘जानी नजानी’ समेत अभिनय गरेकी छन् । यो उनको नेपाली डेब्यु फिल्म पनि हो ।

बस्नेत अहिले एक साउथ फिल्म अभिनयरत छिन् । लकडाउनका कारण फिल्मको छायाँकन रोकिएको छ । कोरोनाको कहर सामान्य भएपछि उक्त फिल्मको छायाँकन हुने उनले बताइन् । निरिशा पुराना अभिनेता विश्व बस्नेतकी छोरी हुन् । उनी बलिउड फिल्म अभिनयका लागि भारतमा संघर्षरत मोडल पनि हुन् । तस्बिर: फेसबुकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण