बोल्ड एण्ड ब्युटी साक्षीको ‘बिग बोस–१४’ इन्ट्री ?

मुम्बई । बलिउड अभिनेता सलमान खानकै होस्ट रहने कार्यक्रम ‘बिग बोस–१४’को पहिलो प्रोमो केही आगाडि सार्वजनिक भएको थियो । प्रोमोसँगै शोसँग जोडिएर केही सेलिब्रेटीका नाम पनि बाहिर आएका छन् ।
अहिले ‘बिग बोस १४’सँग जोडिएर गायिका साक्षी चोपडाको नाम पनि बाहिर आएको छ । साक्षी ग्ल्यामरका कारणले पनि चर्चामा रहेकी छन् ।
साक्षी धारवाहिक धार्मिक सिरियल ‘रामायण’का निर्माता रामानन्द सागरकी नातिनी हुन् । समाचारमा उल्लेख भए अनुसार साक्षीका लागि ‘बिग बोस–१४’ प्रपोज गरिएको थियो । तर साक्षीले भने यस विषयमा मुख खोलिसकेकी छैनन् ।
साक्षी बिग बोसमा आइन् भने सोमा ग्यामर भित्रिने पक्का छ । त्यसैले साक्षी र बिग बोसका फ्यान उनलाई शोमा देख्न एक्साइटेड रहेका छन् ।
साक्षी सधैँ बोल्ड तथा ब्युटिफुल लुक्सका कारणले चर्चामा रहने गर्दछिन् । उनी गीतकार तथा गायिका पनि हुन् । उनको सोशल मिडियामा धेरै फलोअर्स छन् ।
साक्षी छिट्टै नयाँ गीत रिलिजको तयारीमा लागेको बताइएको छ । उनको सफल निर्माताको परिवारसँग पनि उठबस छ । उनकी आमा मीनाक्षी सागर समेत नाम चलेकी निर्माता हुन् ।
साक्षीका इंस्टाग्राम उनका बोल्ट तस्बिरले भरिएका छन् । उनले इंस्टाग्राममा बिकनी र टपलेस तस्बिरहरु शेयर गरेकी छन् । उनको तस्बिर निकै रुचाइएको छ भने शेयर समेत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति
-
कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक
-
‘सीमापार आतंकवादविरुद्धको लडाइँ’ बारे जानकारी दिन भारतीय प्रतिनिधिमण्डल विभिन्न देश जाने