रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा प्रारम्भिक शेयर निष्काशन गर्ने
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणमा रु.१०० अंकित दरका ६३,००,००० कित्ता शेयरको प्रारम्भिक निष्काशन गर्ने भएको छ ।
कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात् रु. ६३ करोड रुपैयाँ बराबरको शेयर सार्वजनिक निष्काशन गरेपश्चात् कम्पनीको चुक्ता पुँजी रु.२ अर्ब १० करोड कायम हुनेछ । सो शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
सार्वजनिक निष्काशन गरिने ६३,००,००० कित्ता शेयर मध्ये कम्पनीमा कार्यरत कर्मचारीको लागि ३,१५,००० कित्ता शेयर, नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त सामुहिक लगानी कोषको लागि ३,१५,००० कित्ता शेयर र बाँकी ५६,७०,००० कित्ता शेयर सर्वसाधरणको लागि निष्कासन गरिनेछ ।
बीमा समितिबाट पछिल्लो समय इजाजत प्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हुनेछ ।
कम्पनीले बजारको मागअनुरुप नयाँ तथा उत्कृष्ट बीमा योजनाहरु प्रतिस्पर्धात्मक बीमा शुल्कमा ल्याई आफ्नो सेवाको गुणस्तरलाई उच्च राखी कार्य गरिरहेको छ । साथै डिजिटाइजेशनलाई समेत आत्मसाथ गर्दै आफ्नो सेवाको गुणस्तर थप वृद्धि गर्न लागि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण