सिन्धुपाल्चोक पहिरोमा परी वेपत्ता भएकाको खोजी र उद्दारमा जुट्न प्रचण्डको आव्हान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिरोबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ मा भएको जनधनको क्षतिले आफुलाई स्तब्ध बनाएको बताएका छन् । शुक्रबार बिहान जुगल गाउँपालिका लिदीमा १३ घर पुरिँदा ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको घटनाले आफुलाई मलाई स्तब्ध बनाएको प्रचण्डले बताएका हुन् ।
शुक्रबार समवेदना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले उक्त घटनामा बेपत्ता भएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयंसेवी र सुरक्षाकर्मीलाई आव्हान पनि गरेका छन् ।
‘पहिरोमा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ प्रचण्डद्धारा जारी गरेको समवेदना पत्रमा भनिएको छ ।
त्यसैगरी कालीकोट जिल्लाको महावै गाउँपालिकामा गएराति आएको पहिरोमा परी एकै परिवारका ६ र तथा मकवानपुरमा पनि एक जनाको मृत्यु भएको छ । ‘सिन्धुपाल्चोक, कालीकोट र मकवानपुर जिल्लामा पहिरोमा परी मृत्यु हुनुभएकाहरुमा पार्टीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’ प्रचण्डले पीडितहरुमा समवेदना व्यक्त गरेका छन् ।
प्रचण्डले बर्षायाममा पहाडी भेगमा हुने गरेका यसप्रकारका घटनाहरुको न्यूनीकरणका लागि दीर्घकालिन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजना तर्जुमामा ध्यान पुर्याउन सम्बन्धित सरकारलाई अपिल समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण