भैरहवा हवाई इन्धन डिपोका ४ कर्मचारीलाई कोरोना, डिपो सिल
शुक्रबार, ३० साउन २०७७, १६ : १८
काठमाडौं । नेपाल आयल निगम भैरहवा हवाई इन्धन डिपोका ४ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा संक्रमण पुष्टिसँगै १५ दिनका लागि डिपो सिल गरिएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षणपछि गराईएको परीक्षणमा चार कर्मचारीमा संक्रमण पुष्टि भएको निगम स्रोतले बतायो ।
ज्वरो आउने, खोकी लाग्ने लक्षणसहित कर्मचारी बिरामी भएपछि उनीहरुको स्वाव संकलन गरेर परीक्षण गराइएको थियो । केहिबेरअघि जनस्वास्थ्य कार्यालयबाट आएको रिपोर्टमा उनीहरुमा कोरोना भएको पुष्टि भएको निगमका एक अधिकारीले बताए । एउटै कार्यालयमा काम गर्ने थप पाँच कर्मचारीलाई पनि आइसोलेसनमा राखिएको र संक्रमितलाई अस्पताल लैजानेबारे छलफल भइरहेको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण