सरकारको कोरोना कोषमा सनराइज बैंकको ७९ लाख ४४ हजार सहयोग
काठमाडौं । सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई रु ७९ लाख ४४ हजार ४ सय ७६ रुपैंया बराबरको रकम सहयोग गरेको छ ।
सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम आज आयोजित एक समारोहका बीच बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा.युवराज खतिवडालाई हस्तान्तरण गरिन् ।
सोही समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नायब महाप्रबन्धक आरती राज्यलक्ष्मी राणाको पनि उपस्थिति रहेको थियो । प्रदान गरिएको रकमबाट कोरोना संक्रमण रोेकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकको विश्वास छ ।
उक्त अवसरमा अर्थमन्त्री डा.खतिवडाले बैंकलाई धन्यबाद दिदैं बैंकले प्रदान गरेको उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण भएको बताउँदै प्राप्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने बताए ।
सनराइज बैंकले यस अघिपनि देशका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह, अस्पतालहरुलाई कोरोनासंग लड्न अति आवश्यक सामार्ग्रीहरु जस्तै पीपीई, मास्क, स्यानिटाइजर आदि हस्तान्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण