सरकारको कोरोना कोषमा सनराइज बैंकको ७९ लाख ४४ हजार सहयोग

काठमाडौं । सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई रु ७९ लाख ४४ हजार ४ सय ७६ रुपैंया बराबरको रकम सहयोग गरेको छ ।
सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम आज आयोजित एक समारोहका बीच बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा.युवराज खतिवडालाई हस्तान्तरण गरिन् ।
सोही समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नायब महाप्रबन्धक आरती राज्यलक्ष्मी राणाको पनि उपस्थिति रहेको थियो । प्रदान गरिएको रकमबाट कोरोना संक्रमण रोेकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकको विश्वास छ ।
उक्त अवसरमा अर्थमन्त्री डा.खतिवडाले बैंकलाई धन्यबाद दिदैं बैंकले प्रदान गरेको उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण भएको बताउँदै प्राप्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने बताए ।
सनराइज बैंकले यस अघिपनि देशका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह, अस्पतालहरुलाई कोरोनासंग लड्न अति आवश्यक सामार्ग्रीहरु जस्तै पीपीई, मास्क, स्यानिटाइजर आदि हस्तान्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत
-
‘माउन्टेन फ्लाइट’ बाट सगरमाथा नियाल्दा, तस्बिरहरू
-
बिहानै पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु