नेपालको अद्यावधिक अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत
सरकारले नेपालको अद्यावधिक (राजनीतिक÷प्रशासनिक) अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अङ्ग्रेजी संस्करणको नेपालको नक्सा आज स्वीकृत गरेकी हुन्।
नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश गरेको उक्त नक्सा आज मन्त्रालयबाट स्वीकृत गरिएको हो ।
भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभागलाई समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक (राजनीतिक÷प्रशासनिक) नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो । सोही नक्साको अङ्ग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो ।
नेपालको अद्यावधिक नक्सा जारी भएसँगै विश्वजगत्मा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउनु जरुरी रहन्छ । त्यसैले उक्त प्रयोजनका लागि अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ ।
अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र सङ्घ, कूटनीतिक नियोग, अन्तर्राष्ट्रियजगत्मा पठाउन बाटो खुलेको मन्त्री अर्यालले जानकारी दिइन्। अन्तर्राष्ट्रियजगत्मा चाँडै नै परराष्ट्र मन्त्रालयमार्फत पठाइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण