वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु
वीरगन्ज । वीरगञ्जमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा थप १ जना कोरोना संक्रमितको मृत्युु भएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली घर भएका ६० बर्षीय वृद्धको नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा शुक्रबार बेलुका मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक उदय नारायण सिंहले बताए ।
मृतक वृद्धको पिसिआर रिपोर्टमा साउन २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै ज्वरो आएएपछि उनी नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा साउन २४ गते साँझ भर्ना भएका थिए । विगत ६ दिनदेखि उपचाररत उनको शुक्रबार बेलुकी मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक सिंहले बताए । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । साउनमा मात्रै २२ जनाको मृत्यु भएको हो ।
वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका २६ मध्ये पर्साका १९, बाराका ५, रौतहटका १ जना रहेका छन् । जेठ ३१ गते वीरगन्जको घण्टाघरमा वेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण