वडा सदस्यलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक पक्राउ
आइतबार, ३२ साउन २०७७, ०८ : २०
कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
घरआँगनमै बसिरहेका बेला स्थानीय दीपक ओड र कालु ओडलगायतले वडा सदस्य ताम्राकारलाई शुक्रबार राति ११ बजे अपशब्द बोल्दै हातपात गर्ने प्रयास गरेका थिए ।
अपशब्द प्रयोग गरी हातपातको प्रयास गर्नेमध्येका २७ वर्षीय कालु ओडलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले बताए ।
अर्का दीपक ओड फरार रहेकाले खोजी भइरहेको उनले बताए । रातिको समयमा मदिरा सेवन गरी वडा सदस्य ताम्राकारको घरमै गएर दुवै जनाले गालीगलौज गर्नुका साथै हातपात गर्ने प्रयास गरेको बुझिएको छ ।
प्रहरी निरीक्षक धामीले भने, “गालीगलौज गरी अभद्र व्यवहार गर्नेमाथि कानूनअनुसार कारवाही हुन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण