सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

बेपत्ता चौधरीको शव फेला

आइतबार, ३२ साउन २०७७, १८ : ०२
आइतबार, ३२ साउन २०७७

दाङ । दाङमा सानो राप्ती नदीको पुलमा मोटरसाइकल ठोकिएर नदीमा खस्दा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । शनिबार राति ११ बजेतिर लमहीबाट गढवातिर जाँदै गरेको लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा सवार  गढवा गाउँपालिका वडा नंं ७  चन्दनपुर निवासी २७ वर्षीय मनोज चौधरीको शव आज बिहान सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले फेला पारेको हो । 

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार उनी मोटरसाइकलमा पछाडि सवार व्यक्ति हुन् । मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय सुरजनारायण चौधरीको भने शनिबार राति नै शव फेला परेको थियो । पुलमा ठोकिँदा मोटरसाइकलसहित दुवै नदीमा खसेका थिए । ती शव अहिले परीक्षणका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप