आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

एमाले लुम्बिनी प्रदेश कमिटीको आठौँ पूर्ण बैठक कपिलवस्तमा

आइतबार, १० साउन २०८३, १५ : २५
आइतबार, १० साउन २०८३

सारांश

  • नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको आठौँ पूर्ण बैठक कपिलवस्तुको चन्द्रौटामा जारी छ।
  • बैठकमा प्रदेशका १२ वटै जिल्लाबाट संगठनात्मक गतिविधि, पार्टी सदस्यता विस्तार, नवीकरणलगायतका विषयमा भएका कामको प्रतिवेदन प्रस्तुत गरिएको छ।
  • एमाले महासचिव शंकर पोखरेलले पार्टीविरुद्ध विभिन्न शक्तिबाट षड्यन्त्र भएको टिप्पणी गरेका छन्।

बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको आठौँ पूर्ण बैठक कपिलवस्तुको चन्द्रौटामा जारी छ।

आइतबार मध्याह्न १२ बजेदेखि सुरु भएको बैठकमा प्रदेशका १२ वटै जिल्लाबाट संगठनात्मक गतिविधि, पार्टी सदस्यता विस्तार, नवीकरणलगायतका विषयमा भएका कामको प्रतिवेदन प्रस्तुत गरिएको छ।

बैठकको उद्घाटन गर्दै एमाले महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गते भएका घटनाको सन्दर्भ उल्लेख गर्दै पार्टीविरुद्ध विभिन्न शक्तिबाट षड्यन्त्र भएको टिप्पणी गरेका थिए।

हाल बैठकमा प्रदेश कमिटी सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको लुम्बिनी प्रदेशसभा सदस्य तथा बैठक सहभागी विष्णु पन्थीले जानकारी दिए।

लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भइरहेको बैठक अझै केही घण्टा चल्ने जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप