नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड थप
काठमाडौँ – कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि चारवटा वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड रुपियाँभन्दा बढी सहयोग गरेका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडालाई डिप्रोक्स लघुवित्त, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र नबिल बैङ्कले गरी १३ करोड २६ लाख ६१ हजार ३५० रुपियाँ हस्तान्तरण गरेका हुन् ।
अर्थ मन्त्रालयका अनुसार नबिल बैङ्कले छ करोड, कृषि विकास बैङ्कले चार करोड १० लाख १० हजार ७५ र राष्ट्रिय वाणिज्य बैङ्कले दुई करोड ६९ लाख ९३ हजार १४५ रुपियाँ सहयोग प्रदान गरेका छन् । त्यस्तै डिप्रोक्स लघुवित्तले ४६ लाख ५८ हजार १२९ रुपियाँ प्रदान गरेको छ ।
रकम प्राप्ति समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले प्राप्त रकम सदुपयोग हुने विश्वास दिलाए । उनले बैङ्कहरू प्रतिस्पर्धी हुँदा अर्थतन्त्रलाई नै सहयोग पुग्ने भन्दै केन्द्रीय बैङ्कको निर्देशनभित्र रहेर काम गर्न आग्रह गरे ।
नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीतिमा बैङ्क तथा वित्तीय संस्थाहरूको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । बैङ्क तथा वित्तीय संस्थाहरूले सोहीअनुरूप रकम सहयोग गर्दै आएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण