शैक्षिक सत्र खेर जान नदिइने
काठमाडौँ – विद्यालय तहको पाठ्यक्रमको भार घटाएर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार जुटेको छ ।
शैक्षिक सत्र खेर जाँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने, सरकारको वैकल्पिक शिक्षामा गरिएको लगानी पनि खेर गई समग्र विद्यालय शिक्षामा नै दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्ने विश्लेषणपछि सरकार शैक्षिक सत्र सदुपयोग गर्ने तयारीमा जुटेको हो ।
यसका लागि कक्षा १० सम्मकै विद्यार्थीले अध्ययन गर्ने सबै विषयको पाठ्यक्रमको भार घटाएर शैक्षिक सत्र खेर जान नदिने अभियानमा आफूहरू जुटेको जानकारी सरकारी अधिकारीले दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले सरकारले पाठ्यभार घटाउने तथा यसैलाई नयाँ शैक्षिक क्यालेन्डरमा समेत मिलाएर अहिलेको शैक्षिक सत्र खेर जान नदिने गरी तयारी सुरु गरेको जानकारी दिए ।
कोरोना भाइरसको सङ्क्रमण कहिले अन्त्य हुन्छ भन्ने कुरा यकिनका साथ कसैले पनि भन्न नसकेको अवस्थामा विद्यार्थीको सिकाइ निरन्तर गर्न पनि शैक्षिक सत्रको सदुपयोग गर्नुपर्ने उनको भनाइ छ ।
विद्यार्थीले अध्ययन गर्ने एउटै कक्षाका कतिपय विषयवस्तु एक अर्को विषयसित मिल्ने भएकाले त्यसलाई मिलाएर अगाडि बढ्न सकिने र केही पाठ्यक्रम सङ्कुचन गर्नुपर्ने अवस्था आउने उनले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण