मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको व्याजदर घटायो
सोमबार, ०१ भदौ २०७७, १७ : ३४
काठमाडौं । मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको व्याजदर घटाएको छ ।
हाल विद्यमान कोरोनाभाइरसको महामारी नियन्त्रणको लागि नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट अर्थतन्त्रमा परेको असरसँग अत्यन्त प्रवाहित क्षेत्रको रुपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर भाद्र १ गते देखि लागु हुने गरी २ प्रतिशतसम्म घटाएको छ ।
यसबाट गत चैत्र महिना देखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकहरुलाई पर्न गएको आर्थिक प्रभावमा राहत मिल्ने बैंकले विश्वास लिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण