मलामी गएका युवक महाकालीमा बेपत्ता
सोमबार, ०१ भदौ २०७७, २२ : ३९
कञ्चनपुर । मलाम गएका एक युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने आफन्तको आज मलाम गएका वेदकोट नगरपालिका–७ गाउजीका अन्दाजी १७ वर्षीय जनक साउद महाकालीमा बेपत्ता भएका हुन् ।
अन्तिम संस्कारमा सहभागी भई नुहाउन जाँदा उनी नदीको वहाबमा परी बगेका हुन् । ब्रह्मदेवस्थित महाकाली नदीको घाटमा बगेर बेपत्ता साउदको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । बिहान करीब ९ बजे बेपत्ता भएका साउदको खोजी जारी रहेको सीमाचौकी ब्रह्मदेवका प्रहरी नायब निरीक्षक जनकराज जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण