मलामी गएका युवक महाकालीमा बेपत्ता
सोमबार, ०१ भदौ २०७७, २२ : ३९
कञ्चनपुर । मलाम गएका एक युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने आफन्तको आज मलाम गएका वेदकोट नगरपालिका–७ गाउजीका अन्दाजी १७ वर्षीय जनक साउद महाकालीमा बेपत्ता भएका हुन् ।
अन्तिम संस्कारमा सहभागी भई नुहाउन जाँदा उनी नदीको वहाबमा परी बगेका हुन् । ब्रह्मदेवस्थित महाकाली नदीको घाटमा बगेर बेपत्ता साउदको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । बिहान करीब ९ बजे बेपत्ता भएका साउदको खोजी जारी रहेको सीमाचौकी ब्रह्मदेवका प्रहरी नायब निरीक्षक जनकराज जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाली युथ बक्सिङमा नेपालका सात खेलाडी सहभागी हुने
-
पाकिस्तानले देला भारतीय हवाई आक्रमणको जवाफ ?
-
भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिन्छौँ : एस जयशंकर
-
संविधान र व्यवस्थाविरुद्ध गतिविधि गर्नेलाई सरकारले छोड्दैन : गृहमन्त्री
-
प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
रेशम चौधरीलाई किन पक्राउ गरियो ? गृहमन्त्रीले दिए जवाफ