प्रहरीलाई धारिलो हतियार प्रहार गर्ने मकवानपुरका तीन पक्राउ
प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
उनीहरुलाई हेटौँडा–६ चौघडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरेको आरोपमा गए राति पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरु लागुऔषध सेवनकर्ता हुन् । उनीहरुलाई सोमबार राति १० बजेको समयमा लागुऔषध सेवन गरिरहको भेटेपछि नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक निरीक्षक केसीमाथि खुकुरी प्रहार भएको मकवानपुर प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट केसीको दायाँ हातमा गम्भीर चोट लागेको र उनको चुरेहिल अस्पतालमा सामान्य उपचारपछि भरतपुर अस्पतालमा थप उपचार भइरहेको छ ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कानूनी कारवाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण