राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने छः सभामुख सापकोटा
मङ्गलबार, ०२ भदौ २०७७, २२ : २७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताएका छन् । नेपाली साहित्यमा राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने उल्लेख गर्दै ट्वीट्मार्फत सभामुख सापकोटाले उनीप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
त्यसैगरी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि ट्वीट गर्दै राष्ट्रकविको निधनले नेपाली साहित्य र वाङ्मयको क्षेत्रले एक विशिष्ट सर्जक गुमाएको उल्लेख गरेका छन् । यसैबीच दिवङ्गत राष्ट्रकविको बुधबार मात्र अन्त्येष्टि गरिने भएको उनका पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ । अहिले उनको पार्थिव शरीर लैनचौरस्थित निवासमै राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण