अछाममा बाढी: ६ जनाको शव फेला, ११ बेपत्ता (बेपत्ताको सूचीसहित)
काठमाडौं । अछामको रामारोशन गाउँपालिकास्थित कैलाश खोलामा आएको बाढीले बगाउँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ११ जना बेपत्ता छन् । बाढीले बगाएर बेपत्ता बनाएका १७ मध्ये ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक (डिएसपी) योगेन्द्रसिंह थापाले जानकारी दिए । मृतक ३ महिला र ३ जना पुरुष छन् ।
बेपत्ताको पहिचान खुलेको छ । रामारोशन गाउँपालिका–७ मा २२ घर बाढीले बगाएको थियो । घटनास्थलबाट करिब ७ घण्टा पैदल जानुपर्ने ठाउँमा शव फेला परेको हुनाले मृतकको पहिचान खुलाउन समस्या भएको छ ।
हेलिकप्टरबाट घटनास्थलमा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय र डिएसपी योगेन्द्रसिंह थापा सहितका जिल्ला उच्च अधिकारी पुगेका छन् । मृतक ६ जनामध्ये १२ वर्षीय किशोर नविन साउदको मात्रै सनाखत भएको डिएसपी थापाले बताए । रामारोशनका स्थानीयले शव हेरेपछि मात्रै अन्य पाँचजना मृतकको पहिचान खुल्ने बताइएको छ ।
बाढीले बगाएर बेपत्ता बनाएकाको सूची यस्तो छ:
१.नन्द साउद, ४७ वर्ष
२.गंगा साउद, ४५ वर्ष
३. रुपेश साउद, १७ वर्ष
४.नविन साउद, १२ वर्ष (मृत्यु)
५. नाम नखुेलेकी किशोरी, १८ वर्ष
६. प्राप्ति साउद, ३ वर्ष
७. जोगा साउद, ५५ वर्ष
८.अमर शाह, ४५ वर्ष
९.पवित्रा शाह, ४६ वर्ष
१०. समिर शाह, ४ वर्ष
११. संझना शाह, ३५ बर्ष
१२. गौरी शाह, २५ बर्ष
१३. चन्द्र साउद, ४८ बर्ष
१४.बसु साउद, ४५ बर्ष
१५. लालसरा साउद, ४५ बर्ष
१६.बसन्त शाही, ९ बर्ष
१७. नाम नखुलेको, १७ बर्ष ।
बेपत्ता भएका १७ जना मध्ये ६ जनाको शव फेला परेको हुनसक्ने डिएसपी थापाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण