शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना त्रासः उपत्यकामा आजदेखि निषेधाज्ञा

बिहीबार, ०४ भदौ २०७७, ०६ : ३६
बिहीबार, ०४ भदौ २०७७

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै १० गतेसम्म बिनाकाम कुनै पनि नागरिक घरबाट बाहिर निस्कन पाइनेछैन भने अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुनेछन् । सोही अवधिसम्म उपत्यका बाहिरका विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा भित्रनसमेत निषेध गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको मंगलबारको संयुक्त बैठकले संक्रमितको संख्या बढ्दै गएपछि १० भदौसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञाको निर्णय गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञाभर बिनाकाम कोही पनि घरबाट निस्कन नपाइने र निस्किएको पाइए कानुनअनुसार कारबाही अघि बढाइने बताए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप