विश्वभर जिमेल सेवा डाउन
बिहीबार, ०४ भदौ २०७७, १३ : ००
जिमेलमा केही पठाउन समस्या भइरहेको छ ? यस्तो समस्या भोग्ने तपाईं मात्रै भने होइन । थुप्रै देशका मानिसहरुले जि सुट सर्भिस विशेषगरी विश्वको सबैभन्दा लोकप्रिय इमेल सर्भिस जिमेल प्रयोगमा समस्या भोग्नुपरेको छ ।
जिमेल र गुगल ड्राइभमा समस्या देखिएको बारे जानकारी भएको कम्पनीले जनाएको छ । पछिल्लो एक घण्टाभित्र ट्वीटर र डाउन डिटेक्टरमा हज्जारौं यसबारे रिपोर्ट गरेका छन् ।
प्रयोगकर्ताले इमेल पठाउन त मिल्ने तर जब फाइल अट्याच गर्नुपर्छ तब अपलोड प्रक्रिया निकै ढिलो हुने, यदि यो पूरा भइहालेछ भने पनि नेटवर्कको समस्या देखाउँदै इरर मेसेज देखिने गर्छ । यस्तै समस्या थुप्रैले सामना गरिरहेको बताइन्छ ।
गुगलको स्टेटस पेजमा समस्याबारे अनुसन्धान भइरहेको र चाँडोभन्दा चाँडो समस्या समाधान गर्ने जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण