रिया–महेश भट्टको ह्वाट्सएप च्याट सार्वजनिक, आफैंले तोडेकी थिइन् सुशान्तसँग सम्बन्ध ?
सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणबारे व्यापक अनुसन्धान भइरहेको छ । ८ जूनमा जब रिया सुशान्तको घरबाट निस्किएकी थिइन् तब उनले निर्देशक महेश भट्टसँग कुराकानी गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । उनले महेश भट्टसँग आफ्नो र सुशान्तको सम्बन्धबारे कुरा गरेको स्रोतले बताएको छ । उक्त च्याट भाइरल हुने बित्तिकै मानिसहरुले रिया आफैंले सुशान्तसँग सम्बन्ध तोडेको अनुमान गरिँदैछ ।
रियाले आफ्नो बयानमा सुशान्तले भनेपछि ८ जूनपछि उनको घर छोडेर गएको र यस्तो गर्दा आफू कत्ति पनि खुसी नभएको बताएकी थिइन् । सुशान्तले आफ्नी दिदी मितू सिंह उनको घरमा आउन लागेको बताएपछि रियालाई घर छोड्न भनिएको उनले आफ्नो बयानमा बताएकी थिइन् । तर अब रिया चक्रवर्तीको ह्वाट्सएप च्याट लिक भएपछि भने कुरा अन्तै मोडिएको छ ।
महेश भट्टले भनेपछि रियाले सम्बन्ध तोडिन् ?
८ जूनमा सुशान्तको घर छोडेपछि रियाले महेश भट्टलाई मेसेजमा लेखेकी थिइन्, ‘आयशा अघि बढेकी छे सर, भारी मन तर शान्तिका साथ । तपाईंसँगको अन्तिम कुराकानीले मेरो आँखा खोलिदिएको थियो । तपाईं मेरो ‘एन्जल’ हुनुहुन्छ । तपाईं त्यतिबेला पनि हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ ।’ यस्तै महेश भट्टले रियाको यो मेसेजको जवाफ पनि फर्काएका छन् ।
उनले रियालाई जवाफ दिँदै लेखे, ‘अब पछाडि फर्कने काम नगर । तपाईंका पितालाई मेरो प्रेम दिनुहोस् । अब उहाँ निकै खुसी हुनुहोला ।’ अब महेश भट्टले कुराकानीको क्रममा रियाका पितालाई ल्याउनुको अर्थ नायिकाका पिता यो सम्बन्धले खुसी थिएनन् ।
यस्तै, भाइरल च्याटमा रिया लगातार महेश भट्टलाई धन्यवाद दिइरहेकी छिन् । एक मेसेजमा रियाले महेशका लागि लेखेकी छिन् –
‘तपाईंले पुनः मलाई स्वतन्त्र पारिदिनुभएको छ । तपाईं मेरो जीवनको भगवान जस्तै हुनुहुन्छ । ’
यस्तै महेश भट्टले पनि रियालाई आफ्नी छोरी समान बताइरहेका छन् । उनले यति हिम्मत देखाएको भन्दै रियाको तारिफ पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण