रिया–महेश भट्टको ह्वाट्सएप च्याट सार्वजनिक, आफैंले तोडेकी थिइन् सुशान्तसँग सम्बन्ध ?

सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणबारे व्यापक अनुसन्धान भइरहेको छ । ८ जूनमा जब रिया सुशान्तको घरबाट निस्किएकी थिइन् तब उनले निर्देशक महेश भट्टसँग कुराकानी गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । उनले महेश भट्टसँग आफ्नो र सुशान्तको सम्बन्धबारे कुरा गरेको स्रोतले बताएको छ । उक्त च्याट भाइरल हुने बित्तिकै मानिसहरुले रिया आफैंले सुशान्तसँग सम्बन्ध तोडेको अनुमान गरिँदैछ ।
रियाले आफ्नो बयानमा सुशान्तले भनेपछि ८ जूनपछि उनको घर छोडेर गएको र यस्तो गर्दा आफू कत्ति पनि खुसी नभएको बताएकी थिइन् । सुशान्तले आफ्नी दिदी मितू सिंह उनको घरमा आउन लागेको बताएपछि रियालाई घर छोड्न भनिएको उनले आफ्नो बयानमा बताएकी थिइन् । तर अब रिया चक्रवर्तीको ह्वाट्सएप च्याट लिक भएपछि भने कुरा अन्तै मोडिएको छ ।
महेश भट्टले भनेपछि रियाले सम्बन्ध तोडिन् ?
८ जूनमा सुशान्तको घर छोडेपछि रियाले महेश भट्टलाई मेसेजमा लेखेकी थिइन्, ‘आयशा अघि बढेकी छे सर, भारी मन तर शान्तिका साथ । तपाईंसँगको अन्तिम कुराकानीले मेरो आँखा खोलिदिएको थियो । तपाईं मेरो ‘एन्जल’ हुनुहुन्छ । तपाईं त्यतिबेला पनि हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ ।’ यस्तै महेश भट्टले रियाको यो मेसेजको जवाफ पनि फर्काएका छन् ।
उनले रियालाई जवाफ दिँदै लेखे, ‘अब पछाडि फर्कने काम नगर । तपाईंका पितालाई मेरो प्रेम दिनुहोस् । अब उहाँ निकै खुसी हुनुहोला ।’ अब महेश भट्टले कुराकानीको क्रममा रियाका पितालाई ल्याउनुको अर्थ नायिकाका पिता यो सम्बन्धले खुसी थिएनन् ।
यस्तै, भाइरल च्याटमा रिया लगातार महेश भट्टलाई धन्यवाद दिइरहेकी छिन् । एक मेसेजमा रियाले महेशका लागि लेखेकी छिन् –
‘तपाईंले पुनः मलाई स्वतन्त्र पारिदिनुभएको छ । तपाईं मेरो जीवनको भगवान जस्तै हुनुहुन्छ । ’
यस्तै महेश भट्टले पनि रियालाई आफ्नी छोरी समान बताइरहेका छन् । उनले यति हिम्मत देखाएको भन्दै रियाको तारिफ पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० वर्षे पुराना सवारीसाधनमैत्री काठमाडौं उपत्यका बनाउने अभियानमा प्रहरी
-
तेस्रो त्रैमासमा १२ वाणिज्य बैंक कारबाहीमा, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड जरिवाना
-
रुसले उत्तर कोरियालाई नयाँ युद्धपोत निर्माणमा सहयोग गरेको हुनसक्छ : सियोल
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
बोर्डको लोगो प्रयोग गरी कक्षा १२ को परीक्षाका बारेमा भ्रम फैलिएपछि...
-
मजदुर उत्पादन गर्ने शिक्षा प्रणाली बदल्ने कि !