दुई बिधिबाट गरिएको जाँचबाट सुदूरपश्चिममा १५ हजार ३२७ जनामा कोरोना संक्रमण पुष्टि
कैलाली – सुदूरपश्चिम प्रदेशमा पिसिआर र आरडीटी बिधिबाट १ लाख ७४ हजार ७४१ जनाको जाँच गर्दा १५ हजार ३२७ जना कोरोना संक्रमित फेला परेका छन् ।
जाँच गरिएका आरडीटी बिधिबाट १० हजार १९२ र पिसिआर बिधिबाट ५ हजार १३५ जना कोरोना संक्रमित फेला परेका हुन् ।
पिसिआर बिधिबाट ५० हजार ५१ जनाको जाच गरिएको छ भने आरडिटी बिधिबाट १ लाख २४ हजार ६९० जनाको जाच गरिएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ ।
पिसिआर बिधिबाट फेला परेका पोजेटिभ संक्रमितमा अछाम ७९५, बैतडी ३२६, बझाङ्ग २८५, बाजुरा ४५२, डडेल्धुरा ३०९, दार्चुला ४३, डोटी ८४४, कैलाली १४६० र कंचनपुर ६२१ रहेका छन् ।
आरडीटी बिधिका फेला परेका संक्रमितमध्ये अछाम १२४४, बैतडी १११०, बझाङ्ग ६३५, बाजुरा, १६४८, डडेल्धुरा ५८६, दार्चुला १६१, डोटी १५६१, कैलाली १८२० र कंचनपुर १४२७ रहेका सामाजिक बिकास मन्त्रालयका स्वास्थय महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
पिसिआर बिधिबाट गरिएका पाजेटिभ संक्रमितमध्ये यसअघि ४ हजार ३७४ जना निको भएर घर गइसकेका छन भने ११ जनाको मृत्यु भईसकेको उनले बताए ।
शुक्रबार डोटी, डडेल्धुरा, सेती प्रादेशिक अस्पताल प्रयोग शालाबाट गरिएको परिक्षणमा ९३ जना कोरोना संक्रमण पुष्टि भएको कार्कीले जानकारी दिए ।
उनका अनुसार सेती प्रादेशिक अस्पतालबाट १५ महिला र २१ पुरुषमा संक्रमण पुस्टी भएको छ भने डोटी र डडेल्धुरा अस्पताल बाट गरिएको परिक्षणमा ३६ पुरुष र २१ महिलामा संक्रमण पुष्टि भएको बताए ।
सेतीप्रादेशिक अस्पतालबाट २४ घण्टामा ४२६ जनाको जाच गर्दा ३६ जनामा संक्रमण पुस्टी भएको उनले बताए ।
अझै क्वारेन्टाईनमा २ हजार ४०८ पुरुष र १ हजार ५४ महिला रहेका छन ।
६४ जना संक्रमितको बिभिन्न अस्पतालमा उपचमा छन भने शंकास्पद १४ संक्रमित बिभिन्न अस्पतालको आइृसोलेसनमा छन् ।
सेती प्रादेशिक अस्पतालमा १०,टिकापुर २६, माहकाली १५, अछाम १०, डोटी,२ र डडेल्धुरा १ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण
-
उपेन्द्र यादव र अशोक राईबिच कार्यकर्ता तानातान
-
सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरप्रति नेता चन्द्र भण्डारीको पोस्टले उब्जाएका प्रश्नहरू
-
प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ घडियाल नारायणीमा छाडियो
-
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज
-
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना