आइतबारको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको जनाएको छ ।
महाशाखाले न्युन चापीय क्षेत्रको प्रभावका कारण हाल देशको अधिकांश स्थानहरुमा सामान्य बदलीको अवस्था रही प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षा भइरहेको जानकारी दिएको छ ।
आइतबार पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, गण्डकी प्रदेश एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी, राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भने, प्रदेश १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण