सुशान्तले आत्महत्या गरेको अघिल्लो रात कोठामा बत्ति बालिएको थिएन, यस्तो पहिले कहिले भएको थिएनः छिमेकी
सुशान्त सिंह राजपूतको केसमा सिबिआईले नयाँ ढङ्गले अनुसन्धान गरिरहेको छ । यो मामिलामा अब सुशान्तको बान्द्रास्थित बिल्डिङमा बस्ने एक महिला छिमेकीको बयान चर्चामा आएको छ । ।
सुशान्त बस्ने बिल्डिङमै एक महिलाले १३ जून (सुशान्तले आत्महत्या गर्नु अघिल्लो दिन)मा सुशान्तको कोठाको बत्ति बन्द भएको बताएकी छिन् । उनले भनिन्, ‘किचनको बत्ती मात्रै बलेको थियो । यसरी बत्ति कहिले पनि बन्द भएको थिएन । सुशान्तको कोठाको बत्ती धेरैजसो बिहान ४ बजेसम्म बलिरहन्थ्यो । तर त्यो रात साढे १० बजे नै बत्ति निभेको थियो । १३ जूनको राती सुशान्त सिंह राजपूतको घरमा कुनै पार्टी थिएन । त्यो दिन केही न केही गलत भएको मलाई शंका छ ।’
छिमेकी महिलाको बयानलाई सुशान्त सिंह राजपूत मामिलामा निकै महत्वका साथ हेरिएको छ ।
अर्कोतर्फ सुशान्तको केसमा सिबिआईले आफ्नो अनुसन्धान तीब्र बनाएको छ । सुशान्तको बान्द्रास्थित फ्ल्याटमा सिबिआइएको समूह उपस्थित छ । करिब १२ फोरेन्सिक विज्ञ, ६–८ सिबिआई अधिकारीले मृत्युको दिनलाई रिक्रिएट गरेका छन् । यो पूरा प्रक्रियाको भिडियो पनि बनाइँदैछ । सिन रिक्रिएटका लागि डमीको प्रयोग गरिएको छ । सिबिआईको फोरेन्सिक टिमसँगै सुशान्तका कुक निरज र साथी सिद्धार्थ पिठानी पनि छन् । यी दुईले त्यो दिन के भएको थियो भनेर जानकारी दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण