नेपाली समाजको विशेषता अनुकरणीयः मुख्यमन्त्री पोखरेल
बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भावको वातावरण बनेको बताएका छन् । थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले बहुभाषिक र बहुजातीय मुलुक नेपालमा समुदाय विशेषका सांस्कृतिक उत्सव र पर्व अहिले सबैको साझा बन्दै गएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्रीले यी नै नेपाली समाजको विशेषता अरुका लागि पनि अनुकरणीय बनेको समेत बताएका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले थारु समुदायको उत्थान र विकासका लागि मार्गप्रशस्त गरेको यसका लागि नै संवैधानिक रुपमै थारु आयोगको गठन गर्ने व्यवस्था गरेर थारु समुदायप्रति सम्मान व्यक्त गरेको जनाएका छन् ।
मुख्यमन्त्री पोखरेलले विश्व महामारीको रुपमा आएको कोभिड-१९ विरुद्धको सङ्घर्षमा सम्पूर्ण केन्द्रित रहेको बेला राज्यले महामारीलाई नियन्त्रण गर्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि सम्वेदनशील हुँदै काम गरिरहेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी चाडपर्व मनाउन अनुरोध गर्नुहुँदै सिङ्गो समाजलाई कोरोना मुक्त गराउने अभियानमा सबैको सार्थक सहयोगको लागि अपिल समेत गरेका छन् । प्रदेश सरकारले थारु समुदायको महत्वपूर्ण पर्वको सम्मानमा दाङ, बाँके र बर्दियामा आज एक दिन समुदायगत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण