बुटवलको कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु
रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत रुपन्देही समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल उपमहानगरपलिका–१ की ६७ वर्षीया महिलाको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका फोकल पसर्न डा सुर्दशन थापाले ती दुवै जना कोरोना संक्रमित रहेको र उनीहरुको भेन्टीलेटरमा राखेर उपचार गर्दागर्दे मृत्यु भएको रातोपाटीलाई बताए ।
बुटवल १ निवासी ६७ वर्षीया महिलामा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी थिइन्। यस्तै समरीमाई गाउँपालिका–२ का ३८ वर्षीय पुरुष यही भदौ १ गते संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका थिए।
मतक महिलामा मृर्गौला र उच्चरक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ। उनमा आइतबार बिहानदेखि स्वास्थ्यमा गम्भीर समस्या आएको र थप उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। यसअघि कोराना बिशेष अस्पतालमा कपिलबस्तुका दुई जना र प्युठानका एक जनाको मृत्यु भएको थियो । आजको मृत्युसगै उक्त अस्पतालमा कोरोना संक्रमणबाट ५ जनाको ज्यान गएको डा. थापाले बताए । मृतक दुबै जनाको शव व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी गरेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण