विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
सारांश
- विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर काजुयोशी मिउराले ५९ वर्षको उमेरमा करिब चार वर्षपछि पहिलो गोल गरेका छन्।
- जापानी तेस्रो डिभिजनको क्लब फुकुसिमा युनाइटेडका लागि खेल्दै उनले एम्परेर्स कपको खेलमा इवाकी फुरुकावाविरुद्ध ५–० को अग्रता दिलाउने क्रममा खेलको ५२ औँ मिनेटमा गोल गरे।
- सन् १९८६ मा ब्राजिलियन क्लब सान्तोसबाट खेल जीवन सुरु गरेका मिउराको यो लामो खेल जीवन ४२ औँ सिजनमा प्रवेश गर्नेछ।
टोकियो । विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर काजुयोशी मिउराले ५९ वर्षको उमेरमा करिब चार वर्षपछि पहिलो गोल गरेका छन्।
जापानी तेस्रो डिभिजनको क्लब फुकुसिमा युनाइटेडका लागि खेल्दै उनले यो सफलता हात पारेका हुन्।
शनिबार भएको एम्परेर्स कपको खेलमा इवाकी फुरुकावाविरुद्ध ५–० को अग्रता दिलाउने क्रममा मिउराले खेलको ५२ औँ मिनेटमा गोल गरे। उक्त खेलमा फुकुसिमा युनाइटेड ७–० ले विजयी भयो। नोभेम्बर २०२२ मा तत्कालीन सुजुका पीजी (हालको एत्लेटिको सुजुका) का लागि एफसी ओसाकाविरुद्ध गोल गरेयता प्रतिस्पर्धात्मक खेलमा यो उनको पहिलो गोल हो।
जापानमा ‘किंग काजु’ उपनामले चिनिने मिउरा त्यहाँका सबैभन्दा लोकप्रिय खेलाडीमध्ये एक हुन्। सन् १९९३ मा जे लिग सुरु हुँदा उनी जापानी फुटबलको प्रमुख अनुहारका रूपमा रहेका थिए।
उनले सन् १९८६ मा ब्राजिलियन क्लब सान्तोसबाट आफ्नो खेल जीवन सुरु गरेका थिए। त्यसयता उनले इटाली, क्रोएसिया र अस्ट्रेलियाका क्लबहरूबाट समेत व्यावसायिक फुटबल खेलिसकेका छन्।
जे२ लिग क्लब योकोहामा एफसीबाट फुकुसिमा युनाइटेडमा रहेको उनको लोन अवधि जुन २०२७ सम्मका लागि थप गरिएको छ। यससँगै उनको यो लामो खेल जीवन ४२ औँ सिजनमा प्रवेश गर्नेछ।
मिउरा सन् २००५ मा योकोहामा एफसीमा आबद्ध भएका थिए। यद्यपि उनले सन् २०२० यता सो क्लबका लागि एक मिनेट पनि मैदानमा बिताएका छैनन्।
जापानका लागि ८९ खेलमा ५५ गोल गरेका उनले यसअघि ६० वर्षको उमेरसम्म फुटबल खेलिरहने चाहना व्यक्त गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गसहितका सडक मर्मतका लागि टेन्डर आह्वान
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण