कोरोनाले ह्वातै बढ्यो विद्युतीय कारोबार, असारमामात्र एटीएमबाट ५४ अर्ब झिकियो
कोरोना महामारीका कारण बैंकसम्म पुगेर कारोबार गर्नेहरु अहिले विद्युतीय कारोबारतर्फ आकर्षित भएका छन् । नेपाल राष्ट्र बैंकले विद्युतीय उपकरणको बढ्दो प्रयोगले केही महिना यता विद्युतीय भुक्तानीको कारोबार बढेको जनाएको छ ।
यसमा पनि एटिएमको कारोबार ह्वात्तै बढेको छ । असारमा एटीएमबाट ५४ अर्ब ७६ करोड रुपैयाँ कारोबार भएको छ । जेठमा ४० अर्ब २७ करोड कारोबार र वैशाखमा २७ अर्ब ८४ करोडरुपैयाँ एटीएमबाट कारोबार भएको थियो ।
पछिल्ला दिनमा केन्द्रिय बैंकले क्यासलेस कारोबारलाई बढावा दिँदै आएको छ । यद्यपि कोरोनाबाट बच्न भौतिक दुरी कायम गर्नुपर्ने भएकाले बैंकमै गएर भन्दा पनि विभिन्न विद्युतीय उपकरण प्रयोग गरेर कारोबार गर्नेहरु बढेका छन् ।
मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, आरटिजिएस, इसिसि, आइपिएस, कनेक्ट आइपिएस लगायतबाट कारोबार भएको छ । मोबाइल बैकिङबाट असारमा १८ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ भने इन्टरनेट बैकिङबाट १९ अर्बको कारोबार भएको छ ।
केबाट कति कारोबार ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण