आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले ह्वातै बढ्यो विद्युतीय कारोबार, असारमामात्र एटीएमबाट ५४ अर्ब झिकियो

मङ्गलबार, ०९ भदौ २०७७, १२ : ४५
मङ्गलबार, ०९ भदौ २०७७

कोरोना महामारीका कारण बैंकसम्म पुगेर कारोबार गर्नेहरु अहिले विद्युतीय कारोबारतर्फ आकर्षित भएका छन् । नेपाल राष्ट्र बैंकले विद्युतीय उपकरणको बढ्दो प्रयोगले केही महिना यता विद्युतीय भुक्तानीको कारोबार बढेको जनाएको छ । 
यसमा पनि एटिएमको कारोबार ह्वात्तै बढेको छ । असारमा एटीएमबाट ५४ अर्ब ७६ करोड रुपैयाँ कारोबार भएको छ । जेठमा ४० अर्ब २७ करोड कारोबार र वैशाखमा २७ अर्ब ८४ करोडरुपैयाँ एटीएमबाट कारोबार भएको थियो । 
पछिल्ला दिनमा केन्द्रिय बैंकले क्यासलेस कारोबारलाई बढावा दिँदै आएको छ । यद्यपि कोरोनाबाट बच्न भौतिक दुरी कायम गर्नुपर्ने भएकाले बैंकमै गएर भन्दा पनि विभिन्न विद्युतीय उपकरण प्रयोग गरेर कारोबार गर्नेहरु बढेका छन् ।

मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, आरटिजिएस, इसिसि, आइपिएस, कनेक्ट आइपिएस लगायतबाट कारोबार भएको छ ।  मोबाइल बैकिङबाट असारमा १८ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ भने इन्टरनेट बैकिङबाट १९ अर्बको कारोबार भएको छ ।  

केबाट कति कारोबार ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप