दुई साथी
मङ्गलबार, ०९ भदौ २०७७, १३ : २३
एकपल्ट दुईजना साथीहरु जङ्गलमा जाँदै थिए, अकस्मात एउटा भालु हामम्फाल्दै आइपुग्यो । एकजना दगुर्दै रुख चढिहाल्यो र त्यहाँ लुकेर बस्यो । अर्को साथीले चाहिँ भाग्न भ्याएन । के गर्ने हो अब ? ऊ त्यही बाटोमा लम्पसार परेर पल्टियो र मरे जस्तो गर्यो ।
भालु उसको नजिक आयो र सुँघ्न थाल्यो । त्यो मान्छे सासै नफेरिकन पल्टिरह्यो ।
भालुले उसको मुखमा सुँघ्यो र मान्छे मरिसकेको रहेछ भन्ठानेर उसलाई त्यतिकै छाडेर हिँड्यो ।
भालु हिँडेपछि साथीचाहिँ रुखबाट ओल्र्यो र उसलाई जिस्क्याउन थाल्यो ः ‘ए क्या हो, के भन्यो त तँलाई भालुले ?’
‘भालुले मलाई भन्दैथियो– ती मान्छे खराब हुन् जसले विपद्मा आफ्नो साथीलाई एक्लै छोडेर हिँड्छन् ।
स्रोतः रादुगा प्रकाशन मास्कोले प्रकाशित गरेको लियो टोल्सटोयका बालकथा ।
Title Photo: https://i2.wp.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण