सिन्धुपाल्चोकका पहिरो पीडितलाई रुकुम पश्चिमको सहयोग
बुधबार, १० भदौ २०७७, १७ : ००
काठमाडौैं । रुकुम पश्चिमका संघीय सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदिका पहिरो पीडितलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । उक्त रकम रुकुम पश्चिम जिल्लाका स्थानीय पालिका प्रमुखहरु, जिल्ला समन्वय प्रमुख, प्रदेश र संघीय सांसदका जनप्रतिनिधिहरुको तर्फबाट सहयोग प्राप्त भएको हो ।
सो रकम बुधबार बिहान नेकपाका नेता समेत रहेका शर्माले सभामुख अग्नि साप्कोटालाई हस्तान्तरण गरेका हुन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साउन अन्तिममा गएको पहिरोमा परि ३८ जनाको वेपत्ता भएका थिए । दर्जनभन्दा बढी घर परिवार विस्थापित हुनु परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण