सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीमा प्रहरी, थुनुवा र बन्दीमा कोरोना पुष्टि

बुधबार, १० भदौ २०७७, २० : ४०
बुधबार, १० भदौ २०७७

बुटवल । रुपन्देहीमा प्रहरी, थुनुवा र बन्दीमा समेत कोरोना संक्रमण देखिएको छ । बुधबार बिभिन्न अभियोगमा अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएका थुनुवाहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवलको हिरासतमा रहेका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यस्तै जिल्ला कारागार रुपन्देहीका रहेका एक जना बन्दी पनि कोरोना संक्रमण देखिएको  छ । यस्तै ४ जना प्रहरीमा समेत देखिको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले रातोपाटीलाई बताए ।

बुटवलको  हिरासतमा रहेका १३ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएकोमा ३ जना आजै छुट्ने मध्यका रहेको थिए । कोरोना संक्रमण देखीएकाहरु हात हतिरयार,लागु औषध,अभद्ध व्यवहारमा प्रकाउ परेका हुन् ।उनीहरुलाई आसुलेन अस्पातलका राख्नको लागि छलफल भइरहको प्रवक्त्ता खत्रीले बताए ।

खत्रीका अनुसार थुनुवामा संक्रमण पुष्टि भए लगत्तै उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको छ । यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका एक जना हवल्दार पनि कोरोना संक्रमण देखिको छ भने  मुख्यमन्त्रीको सुरक्षा खटिएका तीन जना गरी रुपन्देहीमा ४ जना प्रहरीमा पनि देखिएको छ । प्रदेश ५ मा बुधबार ७३ जना संक्रमित थपिएका छन्।

 प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलका अनुसार प्रदेश ५ मा बुधबार दिउसो ४ बजेसम्म ७३ जना संक्रमित थपिएका हुन् । उनका अनसार ६१ जना पुरुष र १२ जना महिला छन्। बुधबार थपिनेमा रुपन्देहीका २७, बाँकेका २२,नवलपरासी पश्चिमका ९, प्युठानका ८, कपिलवस्तुका ५, बर्दिया र गुल्मीका १ १ जना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप