सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुन्छः सभामुख सापकोटा
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुने बताएका छन् । जुगल गाउँपालिका-२ लिदीका पहिरो विस्थापित १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बाँसखर्क पुगेर सभामुख सापकोटाले जनतालाई सङ्कट परेका बेलामा नै नेतृत्वको परीक्षण हुने जनाउँदै आफूले दुख र सङ्कटका बेलामा पनि कहिल्यै साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरे ।
विस्थापितका लागि जग्गा दिलाउन आफूले प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने आश्वासन पनि उनले दिए । सभामुख सापकोटासँगै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्ट पनि बाँसखर्क पुगेका थिए । सभामुखले स्थानीय तहका जनप्रतिनिधिमार्फत थप राहत सामग्री हस्तान्तरणसमेत हस्तान्तरण गरे ।
त्यसअघि सभामुख सापकोटाले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए । जुगल गाउँपालिकाको लिदी, बाह्रबीसे नगरपालिकाका जम्बु र खागदल तथा भोटेकोशी गाउँपालिकाको लार्चाका बाढीपहिरोबाट विस्थापित भएकाहरुका लागि स्थानीय तहका जनप्रतिनिधिमार्फत सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण