बुटवलको कोरोना अस्पतालमा रुपन्देहीकी एक महिलाको मृत्यु
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत अर्की एकजना संक्रमित महिलाको पनि मृत्यु भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान १० बजेतिर मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले रातोपाटीलाई जानकारी दिए ।
साउन २६ मा संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेशनमै बसेर उपचार जारी थियो। घरमा उपचारका क्रममा स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि साउन ३१ गते धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना गरिएको अस्पताले जनाएको छ ।
उनलाई ४ दिन अघिदेखि भेन्टिलेटरमा राखेर उपचार जारी रहेको थियो ।
उनलाई प्लाज्मा दिएर बुधबारसम्म सुधार भइरहेकोमा रातिदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो। उनलाई आज पनि थप प्लाज्मा दिने तयारी भएको बेलामा मृत्यु भएको डा थापाले बताए ।
संक्रमित महिलामा उच्च रक्तचापको समस्या रहेको थियो। अस्पतालमै उपचाररत कपिलवस्तुका एकजना पुरुषको बुधबार राति मृत्यु भएको थियो। योसँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
