कोरोनाको कारण घट्यो जीडीपीः धनीको सम्पत्ति झनै वृद्धि, मुकेश अम्बानी विश्वका शीर्ष ५ धनी व्यक्तिमा सामेल
कोरोनाभाइरस महामारीको कारण जीडीपीमा भारी गिरावट आएसँगै लाखौंले रोजगारी गुमाउनु पर्यो । तर यही बेला विश्वका पाँच सय शिर्ष धनीहरुको सम्पत्ति जनवरीदेखि अहिलेसम्म १४ प्रतिशतले बृद्धि भएको छ । यो वर्ष विश्वभर ५०० सबैभन्दा धनि व्यक्तिहरुको सम्पत्ति ८०९ अर्ब डलरले बढेको छ ।
अमेजनका संस्थापक तथा सीइओ जेफ बेजोसको सम्पत्ति ८७.१ अर्ब डलरले बढेको छ । जबकी एलन मस्कको ७३.६ अर्ब डलरले बढेको छ । योसँगै विश्वका सवैभन्दा धनी व्यक्तिको रुपमा रेकर्ड बनाएका जेफ बेजोसको सम्पत्ति दुईसय अर्ब डलर (२०० बिलियन डलर) नाघेको छ ।
टेस्ला इन्कको शेयरमा उछाल आएपछि कम्पनीका संस्थापक एलन मस्कको सम्पत्ति एकसय एक अर्ब डलर भएको छ । त्यसैगरी, फेसबुकका संस्थापक मार्क जुकरबर्ग अगस्टको सुरुमा एकसय बिलियन डलरको क्लबमा सामेल भएका थिए । बुधबार उनको सम्पत्ति ८.५ अर्ब डलरले बढेको छ ।
भारतका मुकेश अम्बानी विश्वका शिर्ष पाँच धनी व्यक्तिमा सामेल
मुकेश अम्बानी यो महिना विश्वका शिर्ष पाँच धनी व्यक्तिमा सामेल हुन सफल पहिलो एशियाली भएका छन् । यो वर्ष उनको सम्पत्ति २२.५ अर्ब डलर (१६७१.६७ अरब भारतिय)रुपैयाँले बढेको छ ।
सम्पत्ति बृद्धि हुनुमा अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजको टेक कारोबारमा फेसबुक र सिल्भर लेक जस्ता कम्पनीले हालै गरेको लगानी सबैभन्दा ठुलो कारण थियो ।
Source: https://www.bhaskar.com/
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण