‘झापा गोलीकाण्ड’ छानविन गर्न समिति गठन
काठमाडौं । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा स्थानिय र सुरक्षाकर्मी बीचमा झडप हुँदा ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको घटना छानविन गर्न समिती गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले रातोपाटीलाई जानकारी दिए ।
समितिमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा र राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख सुशान्त बराल छन् । गृह मन्त्रालयको निर्देशनपछि झापाका प्रमुख जिल्ला अधिकारीले छानविन समिति बनाएका हुन् । बुधवार साँझ सशस्त्र प्रहरीले चलाएको गोली लागेर स्थानीय रसिकुलको मृत्यु भएको थियो । छानविन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको प्रजिअ रानामगरले बताए ।
झापाको कत्लामारीमा अब्दुल सलाम र ताहबुल हकले गोरु काटेको सुराक पाएपछि प्रहरी उनीहरुलाई पक्राउ गर्न त्यहाँ पुगेको थियो । तर, प्रहरीसँगै सशस्त्र प्रहरीको टोली पनि त्यहाँ पुग्यो । गोरु काट्नेलाई राती जिल्ला प्रहरी कार्यालय झापामा ल्याउँदै गर्दा बाटोमा झडप भएको थियो । झडपको क्रममा सशस्त्र प्रहरीले १० राउण्ड गोली चलायो ।
अपराध अनुसन्धान र पक्राउको जिम्मा स्थानीय प्रहरीको भएपनि शसस्त्र प्रहरी गोरु काटेको गाउँमा किन पुग्यो भन्नेबारे स्थानीयले प्रश्न उठाएका छन् । सशस्त्रले अनाहकमा गोली चलाउँदा अनाहकमा निर्दोषले ज्यान गुमाएको स्थानीय प्रशासनको प्रारम्भिक निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण