रियासँग सिबिआईले पहिलो पटक सोधपुछ गर्दै, सुशान्तका साथी र हाउस म्यानेजर पनि उपस्थित

नायक सुशान्त सिंह राजपूतको मृत्युबारे सिबिआई अनुसन्धानको आज आठौं दिनको अनुसन्धान जारी छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसँग सिबिआईले पहिलो पटक सोधपुछ गरिरहेको छ । रियासँग उनका भाइ शोविक पनि छन् । मुम्बईको सान्ताक्रुज इलाकामा डिआरडीओ गेस्टहाउसमा सुशान्तका साथी सिद्धार्थ पिठानी र हाउस म्यानेजर स्यामुअल मिरान्डा पनि उपस्थित छन् ।
सिबिआईले रियाका पितासँग पनि सोधपुछ गर्न सक्ने
रियाका पिता इन्द्रजीत चक्रवर्तीसँग इडीले बिहिबार ६ घण्टासम्म सोधपुछ गरेको थियो । उनलाई एक्सिस बैंकको एक ब्रान्चमा लगेर सोधपुछ गरिएको थियो । उनीसँग सिबिआईले आज पनि सोधपुछ गर्नसक्छ ।
यसैबीच दिल्लीबाट मुम्बई पुगेको नारोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को टीमले पनि आजबाट सुशान्तको केसलाई ड्रग्स एंगलबाट अनुसन्धान गर्नेछ । रियाको ह्वाट्सएप च्याट सार्वजनिक भएपछि एनसीबीले नायिकासमेत पाँच व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ । च्याटमा ड्रग्सको सेवन र कसैलाई धोकापूर्वक ड्रग्स दिएको कुरा उल्लेख गरिएको छ ।
एम्सले आज सुशान्तको पोस्टमार्टमको फोरेन्सिक रिपोर्ट सुम्पिन सक्नेः
सुशान्तको पोस्टमार्टम र विसरा रिपोर्टको फोरेन्सिक अनुसन्धान गरिरहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सले (एम्स) आज आफ्नो रिपोर्ट सिबिआईलाई सुम्पिन सक्छ । बिहिबार एम्समा फोरेन्सिक अनुसन्धान टीमका हेड डाक्टर सुधिर गुप्ताले सुशान्तको पोस्टमार्टम रिपोर्टमा विभिन्न कमी कमजोरी भएको बताएका थिए । उनले अब हत्याको एंगलबाट अनुसन्धान हुनुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?
-
मकवानपुर महिला गोल्डकप : चितवन सेमिफाइनलमा
-
मुख्यमन्त्री शाह र भारतीय अधिकारीबिच ऊर्जा क्षेत्रको विकासबारे छलफल
-
हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू
-
ट्रेलरमा यस्तो देखियो ‘के घर के डेरा : घर नम्बर २’