शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा निषेधाज्ञाको समय थपियो

शुक्रबार, १२ भदौ २०७७, १९ : ०४
शुक्रबार, १२ भदौ २०७७

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय पुनः एक साता थप गरेको छ । यसअघि दोस्रो पटक जारी गरेको निषेधाज्ञाको समय आज राती १२ बजे सकिदैछ । पहिलो पटक भरतपुर महानगर क्षेत्रमा साउन ३० गते रातिबाट निषेधाज्ञा जारी गरिएको थियो । पहिलो चरणमा भरतपुर महानगर क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकोमा साउन ३२ गते माडी वाहेक जिल्लााका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको थियो । 

भदौ ५ गते देखि भने जिल्लाका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको छ । पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण वढ्दै गएपछि भदौ १९ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञामा आधा कर्मचारीले सरकारी कार्यालयको आन्तरिक काम र बिहान १० वजेबाट १ बजेसम्म बैंक तथा वित्तीय संस्था संञ्चालन गर्ने गरी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  

भरतपुर महानगरसँगै रत्ननगर, कालिका, खैरहनी, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो । जिल्लामा अहिले कोरोना सङक्रमित ४९५ पुगेका छन् जसमध्ये चार जनाको मृत्यु भई सकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप