चितवनमा निषेधाज्ञाको समय थपियो
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय पुनः एक साता थप गरेको छ । यसअघि दोस्रो पटक जारी गरेको निषेधाज्ञाको समय आज राती १२ बजे सकिदैछ । पहिलो पटक भरतपुर महानगर क्षेत्रमा साउन ३० गते रातिबाट निषेधाज्ञा जारी गरिएको थियो । पहिलो चरणमा भरतपुर महानगर क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकोमा साउन ३२ गते माडी वाहेक जिल्लााका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको थियो ।
भदौ ५ गते देखि भने जिल्लाका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको छ । पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण वढ्दै गएपछि भदौ १९ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञामा आधा कर्मचारीले सरकारी कार्यालयको आन्तरिक काम र बिहान १० वजेबाट १ बजेसम्म बैंक तथा वित्तीय संस्था संञ्चालन गर्ने गरी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
भरतपुर महानगरसँगै रत्ननगर, कालिका, खैरहनी, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो । जिल्लामा अहिले कोरोना सङक्रमित ४९५ पुगेका छन् जसमध्ये चार जनाको मृत्यु भई सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण