नेपाली दूतावास लन्डनको उपनियोग प्रमुखमा खनाल
शनिबार, १३ भदौ २०७७, १३ : २०
लन्डन । लन्डनस्थित नेपाली दूतावासमा रिक्त रहेको उपनियोग प्रमुखको जिम्मेवारी सम्हाल्न परराष्ट्र मन्त्रालयकी उपसचिव रोशन खनाल शनिबार लन्डन आइपुगेकी छन् ।
परराष्ट्र सेवामा एक दशक बिताइसकेकी खनालले यसघि मन्त्रालयमा उत्तर पूर्वी एसिया डेस्क सम्हाल्दै आएकी थिइन् । शाखा अधिकृतबाट जागिर शुरु गरेकी खनालले इजरायलस्थित नेपाली दूतावासमा समेत फस्ट सेक्रेटरीको रुपमा चार वर्षे कार्यकाल सम्पन्न गरिसकेकी छन् । आगामी मंगलबारबाट खनालले औपचारिक रुपमा नेपाली दूतावास लन्डनको उपनियोग प्रमुखको कार्यभार सम्हाल्ने बताइएको छ ।
सन् २०१६ मा बेलायत आएका नेपाली दूतावास लन्डनका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरन आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरि बिहीबार मात्र नेपाल फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण