बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा

सोमबार, ०१ असार २०८३, १२ : १५
सोमबार, ०१ असार २०८३

सारांश

  • सांसद धनबहादुर बुढाले कर्णालीको आर्थिक मेरुदण्ड यार्सागुम्बाको उत्पादनमा ६० प्रतिशतले कमी आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
  • उनले जलवायु परिवर्तन र अव्यवस्थित सङ्कलनका कारण उत्पादन घटेको र यसले हिमाली क्षेत्रमा भोकमरीको समस्या निम्त्याएको बताए ।
  • सांसद बुढाले यार्सा सङ्कलकको सुरक्षा, दिगो बजार, प्रभावित परिवारलाई राहत र प्रशोधन केन्द्र स्थापनाको माग गरेका छन् ।

काठमाडौँ । नेकपाका सांसद धनबहादुर बुढाले कर्णालीको आर्थिक मेरुदण्ड मानिने यार्सागुम्बा गम्भीर सङ्कटमा परेको भन्दै यसको संरक्षणका लागि सरकारले के गरिहरेको छ भनेर प्रश्न गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले डोल्पासहित १२ वटा हिमाली जिल्लाका हजारौँ परिवारको वार्षिक आम्दानी स्रोत मानिने यार्सागुम्बा उत्पादन घट्दै जाँदा ती क्षेत्रमा भोकमरीको समस्या देखिन थालेको बताए । 

‘जलवायु परिवर्तन,अव्यवस्थित सङ्कलन र अन्य कारणले यस वर्ष पनि उत्पादनमा ६० प्रतिशत बढिले घटेको अनुमान छ’, उनले भने, ‘यार्सा उत्पादन घट्नु भनेको जडिबुटी मात्र होइन हिमाली अर्थतन्त्र घट्नु हो भन्दै भोकमरीको समस्या बढ्नु हो ।’ 

साथै उनले सरकारकारसँग तीनवटा माग अघि सार्दै यार्सा सङ्कलकको सुरक्षा, दिगो बजारको व्यवस्था र प्रभावित सङ्कलक परिवारलाई राहत तथा प्रशोधन केन्द्र स्थापना गर्नुपर्ने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप