अनुष्का शर्माको ‘प्रेग्नेन्सी पोस्ट’ मा करन जोहरको कमेन्ट देखेर भड्किए प्रयोगकर्ता

सुशान्त सिंह राजपूतको निधनपछि सोसल मिडियामा नेपोटिजमको बहसले विकराल रुप लियो । सोेसल मिडियामा मानिसहरु करन जोहर, आदित्प चोपडा र अन्य ठूला निर्माता–निर्देशकमाथि निशाना साँधिरहेका छन् । यसैबीच अनुष्का शर्माको प्रेग्नेन्सी पोस्टमा करन जोहरको कमेन्ट देखेर प्रयोगकर्ताले उनलाई मज्जाले ट्रोल गरिरहेका छन् ।
हालै अनुष्का शर्मा र विराट कोहलीले आफूहरु सन् २०२१ मा आमा–बुवा बन्न लागेको घोषणा गरेका थिए । अनुष्का शर्मा र विराट कोहलीका प्रशंसकदेखि बलिउड स्टारले उनीहरुलाई बधाई दिइरहेका छन् । अनुष्काको प्रेग्नेन्सी पोस्टमाथि बधाई दिँदै करन जोहरले लेखे, ‘माया, माया र धेरै माया ।’ करनको यो कमेन्टमा थुप्रैले चासो व्यक्त गरे ।
एक प्रयोगकर्ताले करनलाई जवाफमा लेखे, ‘नेपोटिजम निर्देशकलाई बच्चाको प्रतिक्षा छ । ’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘तपाईं महान हुनुहुन्छ करन जोहर’ । साथै अर्का एक व्यक्तिले लेखे, ‘के यो बच्चालाई पनि लञ्च गर्ने तयारी छ ? स्टुडेन्ट अफ द इयर ४२० ।’ अर्काले लेखे, ‘नेपोटिजमको बाउ आए ।’
यतिबेला सोनाक्षी सिन्हा, आलिया भट्टजस्ता थुप्रै कलाकारले ट्रोलिङबाट बच्नका लागि कमेन्ट सेक्सन बन्द गरेका छन् । कामको कुरा गर्नु पर्दा करनको आउँदो फिल्म ‘तख्त’ हो । हालै उनको नयाँ प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’ ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती विधेयकका विषयमा माओवादीले राजनीति गर्न खोज्योः बर्तौला
-
आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद् तानिए
-
नयाँ वैकल्पिक शक्तिसँग सहकार्य र पहलकदमीको नेतृत्व गर्ने नेसपा (नयाँ शक्ति) को निर्णय
-
'माधव नेपाललाई कमजोर बनाएर समाजवादी पार्टी विघटन गर्ने ओलीको योजना छ'
-
अदालतले नेपाल खबरलाई सोध्यो : समाचार किन नमेटेको ?
-
मेरिटोक्रेसी प्रचलनको उलङ्घन हुनु प्राज्ञिक क्षेत्रमाथिको आक्रमण हो : नेता महर