कैलालीमा सामूहिक बलात्कार, ४ जना पक्राउ
आइतबार, १४ भदौ २०७७, १४ : ४७
काठमाडौं । कैलालीको जानकी गाउँपालिकामा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा जानकी–९ पूर्व खैरीफाँटा बस्ने १८ वर्षका लोकेन्द्र रावत, कुमार कडारा, शंकर विश्वकर्मा र २० वर्षीय दिपक कडारा रहेका छन् ।
भदौ ११ मा रातको समयमा काकाको घरबाट फर्कंदै गरेकी किशोरीलाई उनीहरुले खेतवारीमा लगेर जबर्जस्ती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले जानकारी दिए । आफुलाई डर, त्रास देखाएर बलात्कार गरेको भन्दै किशोरीले ईलाका प्रहरी कार्यालय टिकापुरमा जाहेरी दिएकी छिन् ।
प्रहरीले पीडितको स्वास्थ्य परिक्षण गरेर चार किशोर विरुद्ध बलात्कार मुद्धा दर्ता गरेको छ । अदालतबाट म्याद लिएर घटनाको विस्तृत अनुसन्धान शुरु गरिएको डिएसपी विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण