कोरोना महामारी- अमेरिकालाई उछिनेर भारतले बनायो खराब रेकर्ड
एजेन्सी । भारतले आइतबार आफ्नो देशमा २४ घण्टाभित्र ७८ हजार ७ सय ६१ जनामा संक्रमण देखिएको घोषणा गर्यो । विश्वको कुनै देशमा एकै दिन यति धेरैमा कोरोना भाइरस संक्रमण पहिचान भएको यो पहिलो घटना हो ।
यसअघि अमेरिकाले गत जुन १६ मा २४ घण्टाभित्र ७७ हजार २ सय ९९ जनामा संक्रमण देखिएको जानकारी दिएको थियो । तर यो खराब रेकर्ड भारतमा ब्रेक भएको छ । विश्वको दोस्रो ठूलो जनसंख्या भारतमा अहिले ३५ लाख ४० हजारभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । अति प्रभावित देशको सूचीमा भारत तेस्रो हो । पहिलो स्थानमा रहेको अमेरिकामा ६१ लाखभन्दा धेरैमा संक्रमण देखिएको छ भने ब्राजिलमा ३८ लाख ४६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ ।
यद्यपि, पछिल्लो एक सातादेखि दैनिक संक्रमित हुने नयाँ व्यक्तिको संख्या अमेरिका र ब्राजिलभन्दा भारतमा धेरै छ । अहिलेसम्म भारतमा ६३ हजार ४ सय ९८ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । भारतका सबैभन्दा धनी राज्य महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ३ सय ३१ जनाले ज्यान गुमाएका छन् भने कर्नाटकमा १ सय ३६ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण