अध्यक्ष प्रचण्डले प्रवाह गरेको सन्देशको अर्थ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज एउटा सन्देश प्रवाह गरेका छन् । न कुनै सन्दर्भ, न कुनै उत्सव, न कुनै बैठक तर उनको भनाई उनको फेसबुक, ट्वीटर र इन्स्ट्रग्रामबाट प्रवाहित भएको छ । “पार्टी भनेको विचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो ।”
नेकपाभित्र पार्टीको विधि र पद्धतिको कुरा चलिरहेका बेला अध्यक्ष प्रचण्डको यस्तो भनाइ आएको हो । पार्टीको आन्तरिक विवाद समाधानका लागि गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनलाई अध्यक्षद्धयले अनुमोदन गरिसकेका छन् । त्यसबारे थप छलफलका लागि सचिवालयको बैठक भदौं १८ गतेको लागि बोलाएको छ । सचिवालयमा छलफल भइसकेपछि सो प्रतिवेदनलाई स्थायी कमिटीको बैठकमा लगिनेछ । असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
अध्यक्ष प्रचण्डले समाजिक सञ्जालबाट सार्वजनिक गरेको यो भनाई तुलसीलाल अमात्यको स्मृति दिवसको अवसरमा व्यक्त गरिएको विचारको एक अंश हो । तुलसीलाल अमात्यको स्मृति दिवसको अवसरमा अध्यक्ष प्रचण्डले व्यक्त गरेको विचार विवादमा आएको थियो । त्यही कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीको पद्धति र विचारको कुरा गर्दै अध्यक्ष एव्म प्रधानमन्त्री ओलीेले नै पार्टी विभाजन गर्न खोजेको, नेकपा एमाले उनकै इसारामा दर्ता हुन लागेको जस्ता अभिव्यक्ति दिएका थिए । त्यसले गर्दा अध्यक्षद्धय ओली र प्रचण्डबीच दूरी बढेको थियो ।
ओली पक्षले अध्यक्ष प्रचण्डलगायतले पद तथा कुर्सीका लागि पार्टीमा विवाद गरिरहेको आरोप लगाई रहेका थिए तर प्रचण्डहरुले पार्टीभित्र पद र कुर्सीका लागि नभएर पार्टीको विधि र पद्धतिका लागि कुरा उठाइरहेको स्पष्ट अडान लिँदै आएका थिए । र, अहिले आएर फेरि एकपटक अध्यक्ष प्रचण्डले आफ्नो फेसबुक, ट्वीट्टरमार्फत त्यही कुरामा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण